आज साउनको अन्तिम सोमबार, पशुपतिनाथमा भक्तजनको घुँइचो(फोटोफिचर)


काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ।

पशुपतिनाथ दर्शनको लागि हजारौँ भक्तजन उज्यालो नहुँदै पशुपति क्षेत्रमा पुगेका छन्। आज बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

यस वर्ष साउनमा ४ वटा सोमबार परेका छन्। आज चौथो सोमबार विगतका ३ सोमबार भन्दा पशुपतिमा भक्तजनको बढी घुइँचो देखिन्छ। यस वर्ष साउन ५, १२, १९ र २६ गते सोमबार परेको छ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार  १२ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।