३ करोड २१ लाख रुपैयाँ खर्चेर बागलुङ–बेनी सडक मर्मत


म्याग्दी । सडक डिभिजन कार्यालयले १४ किलोमिटर लामाबागलुङ–बेनीे सडक ३ करोड २१ लाख रुपैयाँको लागतमा मर्मतसम्भार गरेको छ ।

मालढुङ्गा–बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।

उक्त सडकको हुुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको उक्त कार्यालयका इञ्जिनियर विष्णुप्रसाद लामिछानेले बताए।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।