असोज ९ देखि नेपाल एयरलाइन्सले चीनको ग्वाङझाउमा उडान गर्ने


काठमाडौं । नेपाल एयरलाइन्सले चीनको ग्वाङझाउमा उडान गर्ने भएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले काठमाडौं–ग्वाङझाउ–काठमाडौं रुटमा उडान गर्ने असोज ९ गतेदेखि उडान गर्ने भएको हो ।

यस रुटमा नेपाल एयरलाइन्सले प्रवर्द्धन उडान गर्ने गरी उडान तय गरेको कम्पनीको भनाइ छ । यस रुटमा अहिले चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले समेत नियमित उडान गरिरहेको छ ।

काठमाडौं–चीन रुटमा हिमालय एयरलाइन्सले नियमित उडान गरिरहेको छ । नेपाल एयरलाइन्सको यो पहिलो नियमित उडान हुनेछ ।

 

 

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार  ०६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।