काठमाडौं । गत भदौ २३ र २४ गते प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनीको कारण बुधबारसम्म बीमा कम्पनीहरूमा २२ अर्ब २५ करोड रूपैयाँको दाबी परेको बीमा प्राधिकरणले उल्लेख गरेको छ ।
सबैभन्दा धेरै बीमा दाबी द ओरियण्टल इन्स्योरेन्समा परेको हो । कम्पनीमा पाँच अर्ब २२ करोड रूपैयाँको दाबी परेको छ ।
त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्समा सबैभन्दा कम ४१ करोड रूपैयाँको दाबी परेको हो ।
बिहीबारसम्म १८ अर्ब ६१ करोड रूपैयाँको सम्पत्ति बीमा, दुई अर्ब ९५ करोडको मोटर बीमा, ३३ करोडको इन्जिनियर तथा ठेकेदार जोखिम बीमा, एक करोड ५५ लाखको परिवाहन बीमा, ३४ करोड ३८ लाख रूपैयाँ बराबर अन्य बीमा परेको छ ।
सबैभन्दा धेरै बीमा दाबी बागमति प्रदेशमा परेको छ । यो क्षेत्रमा १७ अर्ब ९७ करोड रूपैयाँको दाबी परेको हो । त्यस्तै, कर्णाली प्रदेशमा सबैभन्दा कम आठ करोड ९३ लाख रूपेयाँ बराबरको दाबी परेको हो ।
बीमा कम्पनीहरूले हरेक दिन बीमा प्राधिकरणलाई आएको दाबीको विवरण पेश गरिरहेका छन् । प्राधिकरणले साप्ताहिक रूपमा बुधबार यस्तो जानकारी सार्वजनिक गरिरहेको छ ।
भदौ २३ र २४ गते प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिदेखि विभिन्न व्यवसायिक भवन, होटल, घरमा आगजनी भएका छन् । यसले दाबी रकम थप बढ्न सक्ने अनुमान गरिएको छ । यद्यपी सरकारी र सार्वजनिक सम्पत्तिको बीमा नगरिएकाले सरकारी भवनहरूको बीमा दाबी हुँदैन ।
प्रदर्शनमा भएको क्षतिलाई हुलदंगाबाट भएको क्षतिको रूपमा मानिने व्यवस्था छ । यसै अनुसार बीमा प्राधिकरणले धनमाल लगायतका सम्पत्ति बीमा, घर बीमा, र इन्जिनियरिङ बीमा गर्दा हुलदंगाबाट भएको क्षतिलाई पनि समेट्न पर्ने व्यवस्था गरेको छ ।
कुन कम्पनीमा कति दाबी ?











प्रतिक्रिया