सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बिहीबार चाँदी तोलामा ६० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार २२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १५२.७६ अमेरिकी डलर र चाँदी ५२.०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।