सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो, चाँदीमा नयाँ रेकर्ड


काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ ।

सोमबार चाँदी तोलामा ४५ रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदी प्रतितोला ३ हजार ५३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २४१.६२ अमेरिकी डलर र चाँदी ५७.०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार  ११ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।