काठमाडौं । अन्डाको मूल्य १० दिन नपुग्दै फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारदेखि लागु हुने गरी अण्डाको भाउ प्रतिक्रेट २० रुपैयाँ बढाएको हो ।
१३ मंसिरमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएसँगै सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ८० रुपैयाँ पुगेको छ । यस्तै ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ६५ रुपैयाँ पुगेको छ ।
मध्यम अन्डाको मूल्य प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ । संघका अनुसार १३ मंसिरमा सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ५ सय ६०, ठूलो अन्डा प्रतिक्रेट ५ सय ४५ र मध्यम अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ थियो ।












प्रतिक्रिया