चार वर्षपछि ‘कभर्ड हल’ निर्माण थालियो


कैलाली । शिलान्यास भएको चार वर्षपछि टीकापुर नगरपालिकामा ‘इन्डोर गेम्स’ सञ्चालन गर्न कभर्ड हल निर्माण प्रारम्भ भएको छ ।

स्थानीय वीरेन्द्र विद्या मन्दिरको खेल मैदानमा दुई करोड ६४ लाख ५० हजार रुपैयाँको लागतमा कभर्ड हल निर्माण प्रारम्भ भएको हो । एक हजार दर्शक क्षमताको ६६ मिटर लामो, ३१ मिटर चौडा र ९.७५ मिटर अग्लो बहुद्देश्यीय कभर्ड हल नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले बताए।

आगामी भदौभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण जारी छ । निर्माण पूरा भएपछि हल व्यवस्थापनको जिम्मेवारी विद्यालयलाई दिइने इन्जिनियर राजेन्द्र दिए।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार  ०९ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।