सुनको मूल्य उच्च विन्दुमा, चाँदीमा गिरावट


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । आज सुन तोलामा २ हजार २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको छ । जुन ऐतिहासिक मूल्य हो । शुक्रबार सुन प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, ऐतिहासिक विन्दुमा पुुगेको चाँदीको मूल्य घटेको छ । आइतबार चाँदी तोलामा ८० रुपैयाँले घटेसँगै प्रतितोला ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३००.४ अमेरिकी डलर र चाँदी ६१.९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।