काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासमा विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भएर.३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यो सञ्चिती २१ अर्ब ५२ करोड पुगेको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २७ खर्ब २४ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ भने राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ३ खर्ब ३० अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ । २०८२ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२÷८३ को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।












प्रतिक्रिया