उच्च मूल्यमा पुगेको सुन तोलामा १७ सयले घट्यो, चाँदीमा सामान्य वृद्धि


काठमाडौँ । सोमबार उच्च मूल्य बनाएको सुनको मूल्य मंगलबार घटेको छ । मंगलबार सुन तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ५९ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।

यसैगरी, मंगलबार चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेसँगै प्रतितोला ३ हजार ८८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार प्रतितोला चाँदी ३ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २८८.९८ अमेरिकी डलर र चाँदी ६२.८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।