चाँदीको मूल्यमा नयाँ रेकर्ड, तोलामा ४ हजार नाघ्यो


काठमाडौँ । नेपाली बजारमा बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदी १७० रुपैयाँ बढेसँगै तोलामा ४ हजार नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँ कायम भएको छ । जुन ऐतिहासिक मूल्य हो ।मंगलबार चाँदी प्रतितोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्य तोलामा ७०० हजार रुपैयाँले बढेको छ । बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३२९.३७ अमेरिकी डलर र चाँदी ६६.०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।