चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलामा सात सयले बढ्यो


काठमाडौँ । नेपाली बजारमा बिहीबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलामा २५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँ कायम भएको छ । जुन ऐतिहासिक मूल्य हो । बुधबार चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार सुनको मूल्य तोलामा ७०० हजार रुपैयाँले बढेको छ । बिहीबार सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३३२.२९ अमेरिकी डलर र चाँदी ६६.३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।