एमाले अध्यक्षमा ओली विजयी, महासचिवमा पोखरेल


काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।

यता, एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी उनी विजयी भएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए ।

पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार  १३ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।