काठमाडौँ। काठमाडौँमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । काठमाडौंमा हिजो बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम पनि ५.५ डिग्री सेल्सियस नै रहेको थियो । काठमाडौं आज बिहान पातलो हुस्सु लागेको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
मौसमविद् झाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अन्य भूभागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।












प्रतिक्रिया