काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीन कार्ड चिट्ठा कार्यक्रम (डीभी लटरी) स्थगित गरेको घोषणा गरेका छन् ।ट्रम्प प्रशासनले सन् २०२७ को डिभी लटरी प्रवेश प्रक्रियामा परिवर्तन गर्ने बताएको एक महिनापछि यो घोषणा आएको हो ।
अमेरिकामा ऐतिहासिक रूपमा कम आप्रवासन दर भएका देशका नागरिकहरूलाई स्थायी बसोबासका लागि आवेदन दिन अनुमति दिने डाइभर्सिटी भिसा (डीभी लटरी) अस्थायी रूपमा बन्द गरिएको हो ।
डीभी कार्यक्रममार्फत कयौं नेपाली अमेरिका पुगेका छन् । तर आगामी वर्षका लागि यो कार्यक्रम बन्द हुने भएपछि नेपाली पनि प्रभावित हुने छन् ।












प्रतिक्रिया