नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा कर्ण नियुक्त


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्र लाल कर्ण नियुक्त भएका छन् ।

कर्णलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेर निमित्त महानिर्देशकको जिम्मेवारी दिएका हुन् । सिन्हालाई एक साता अघिमात्रै प्रधानमन्त्री सुशील कार्कीले पर्यटन मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्।

कर्ण नागरिक उड्डयन प्राधिकरणका १२ औं तहका कर्मचारी हुन् । कर्णसँगै १२ औं तहका अन्य दुई जना कर्मचारी प्रेम नाथ ठाकुर र जगन्नाथ निरौला पनि महानिर्देशकको दौडमा थिए । मन्त्री सिन्हाले ठाकुरभन्दा एक वर्षअघि बढुवा भएको भन्दै कर्णलाई निमित्तको जिम्मेवारी दिएका हुन् ।

प्राधिकरण महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि यो पद खाली थियो । अधिकारीको कार्यकाल यही माघ १८ मा सकिँदै थियो।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  १७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।