चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुनमा सामान्य गिरावट


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलामा १०० रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँ कायम भएको छ । जुन ऐतिहासिक मूल्य हो । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा १०० रुपैयाँले घटेसँगै प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३४०.१ अमेरिकी डलर र चाँदी ६७.१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।