सुनचाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन तोलामा ३ हजार ४०० रुपैयाँले बढेसँगै ऐतिहासिक मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६१ हजार ७०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि रेकर्ड कायम भएको छ । आज चाँदी तोलामा १३० रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन ऐतिहासिक मूल्य हो । आइतबार प्रतितोला चाँदी ४ हजार १०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३९८.०६ अमेरिकी डलर र चाँदी ६९.३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।