सुनचाँदीको मूल्यमा पुनः रेकर्ड, सुन तोलामा २ लाख ७० हजार नाघ्यो


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यले पुनः रेकर्ड बनाएको छ । आज सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेसँगै २ लाख ७० हजार नाघेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । शुक्रबार सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार चाँदी तोलामा २७० रुपैयाँले बढेसँगै रेकर्ड कायम गरेको हो । आज चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन ऐतिहासिक मूल्य हो । शुक्रबार प्रतितोला चाँदी ४ हजार ५६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५३४.१६ अमेरिकी डलर र चाँदी ७९.२५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।