एकैदिन ८ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट


काठमाडौँ । निरन्तर नयाँ रेकर्ड बनाईरहेको सुनचाँदीको भाउ मंगलबार घटेको छ । आज सुन तोलामा ७ हजार ९०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार चाँदी तोलामा ३०५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार प्रतितोला चाँदी ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३६२.४७ अमेरिकी डलर र चाँदी ७४.२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।