तोलामा ११ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा एक हजार १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधबार चाँदी तोलामा १२० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ४७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार प्रतितोला चाँदी ४ हजार ५९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३३२.०२ अमेरिकी डलर र चाँदी ७१.५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।