१० अङ्कले बढ्यो नेप्से परिसूचक 


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.८७ अङ्कले बढेर २ हजार ६३३.७६ को बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक खरिद बिक्री हुँदा ५ अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १.६१ प्रतिशतले बढेको छ । एसवाई प्यानल नेपाल लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ग्रीन भेन्चर लिमिटेडको १७ करोड ७९ लाख ३ हजार ४१३ रुपैयाँ बराबरको ३ लाख ४९ हजार ७४४ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार  १५ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।