काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा कर्मचारी आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले अधिकृतदेखि सहायक स्तरसम्मका पदहरूमा दरखास्त आह्वान गरेको हो ।
अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविद्सम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरूमा १३० जनाका लागि विज्ञापन खुलेको छ ।
इच्छुक उम्मेदवारहरूले माघ ८ गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
उम्मेदवारको दुवै कान देखिने पासपोर्ट साइजको हालसालै खिचिएको फोटो, दस्तखत, नागरिकताको प्रमाणपत्रमा र समावेशी समूहको हकमा समावेशी प्रमाणपत्र, शैक्षिक योग्यता (न्यूनतम शैक्षिक योग्यताको मात्र), तालिम, अनुभव, चारित्रिक प्रमाणपत्र, विदेशी शिक्षण संस्थावाट जारी भएको प्रमाणपत्र पेश गर्ने उम्मेदवारहरूको हकमा समकक्षता तथा अधिकृतस्तरका चार्टर्ड एकाउण्टेण्ट, इञ्जिनियर (इलेक्ट्रिकल, मेकानिकल, सिभिल, सर्भे, कम्प्युटर आदि) जस्ता पदका लागि सम्बन्धित व्यावसायिक परिषदमा दर्ता भएको प्रमाणपत्र तथा सम्बन्धित विज्ञापनमा तोकिएका अन्य कागजपत्रहरू (दरखास्त दिने अन्तिम मितिसम्म जारी भएको हुनुपर्ने) अनलाइन दरखास्त प्रणालीमा तोकिएको स्थानमा अपलोड गर्नुपर्नेछ ।
दरखास्तमा उल्लेख गरेका विवरणहरूका सम्बन्धमा उम्मेदवार स्वयम् पूर्ण जवाफदेही हुनुपर्नेछ ।













प्रतिक्रिया