काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, शुक्रबार चाँदी तोलामा ११० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार प्रतितोला चाँदी ४ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३७२.०६ अमेरिकी डलर र चाँदी ७३.१९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया