काठमाडौँ । छ महिनापछि खुलेको नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढीबाट मालवस्तु आयात हुन थालेका छन् । बिहीबार जनवरी १ देखि सञ्चालनमा आएको पहिलो दिन नै २७ वटा कन्टेनर मालवस्तुसहित नेपाल भित्रिएका भन्सार कार्यालयले जानकारी दिएको हो ।
यस्तै २८ वटा कन्टेनर मालवस्तु आयातका लागि चीनतर्फ गएका छन् ।
गत असार २४ गते चीनतर्फबाट लेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएको थियो । उक्त पुल भएको स्थानमा करिब ६ महिना लगाएर चीनले बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याएको हो ।










प्रतिक्रिया