सुनको मूल्य तोलामा ४६ सयले बढ्यो, प्रतितोला कति पुग्यो ?


काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ हजार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार चाँदी तोलामा १८५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार प्रतितोला चाँदी ४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४०३.९७ अमेरिकी डलर र चाँदी ७५.४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।