एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग, आजदेखि आवेदन दिन सकिने


काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रहरीका लागि भर्ना खुलाएको छ ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो ।

भर्नाका लागि यही पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म दर्खास्त दिन सकिनेछ । बिदाको दिन पनि दर्खास्त लिइने सूचनामा उल्लेख छ । दरदास्त फारम भर्ने अन्तिम दिनसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकहरुले आवेदन दिन सक्ने छन् ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार  ०८ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।