सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बिहीबार प्रतितोला ४ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार प्रतितोला चाँदी ४ हजार ९३५ रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन ऐतिहासिक मूल्य हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४३०.८२ अमेरिकी डलर र चाँदी ७७.५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।