तोलामा २१ सयले बढ्यो सुनको भाउ, चाँदीमा गिरावट


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, शुक्रबार चाँदीको मूल्यमा गिरावट आएको छ । आज चाँदी  तोलामा ५५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार प्रतितोला चाँदी ४ हजार ८३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४६६.०१ अमेरिकी डलर र चाँदी ७६.७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।