काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ऐतिहासिक विन्दुमा पुगेको छ । सुनको भाउ आज एकैदिन २ हजार ८०० रुपैयाँले बढेसँगै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि ऐतिहासिक विन्दुमा पुगेको छ । आज चाँदी तोलामा २१० रुपैयाँले बढेको हो ।
आइतबार चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । उक्त मूल्य हालसम्मकै उच्च हो । शुक्रबार प्रतितोला चाँदी ४ हजार ७८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५०९.२ अमेरिकी डलर र चाँदी ७९.९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया