उच्च मूल्यबाट घट्यो सुनचाँदी, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । उच्च मूल्य रेकर्डबाट सुनचाँदीको घाउ घटेको छ । बिहीबार सुनको भाउ तोलामा एक हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।

यसैगरी, बुधबार उच्च रेकर्ड कायम गरेको चाँदी आज तोलामा १७० रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार प्रतितोला चाँदी ५ हजार ६५५ रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन ऐतिहासिक मूल्य हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५९४.५९ अमेरिकी डलर र चाँदी ८७.७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।