सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार घटेको सुन शुक्रबार तोलामा ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चादी तोलामा १६० रुपैयाँले बढेको हो ।

शुक्रबार चाँदी प्रतितोला ५ हजार ६४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार प्रतितोला चाँदी ५ हजार ४८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६०१.३३ अमेरिकी डलर र चाँदी ९०.८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।