सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा गिरावट


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आइतबार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।

आइतबार चाँदी प्रतितोला ५ हजार ६२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला चाँदी ५ हजार ६४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५९६.३४ अमेरिकी डलर र चाँदी ९०.१३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।