काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ १० हजार रुपैयाँले बढेको छ । आज एकैदिन सुन तोलामा १० हजार ४०० रुपैयाँले बढेसँगै तीन लाख नजिक पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । जुन ऐतिहासिक मूल्य हो । मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी तोलामा ४० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन हालसम्मकै महँगो हो । मंगलबार चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ८६१.९५ अमेरिकी डलर र चाँदी ९४.२३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।












प्रतिक्रिया