काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको अवधि (साउन–पुस) मा मुलुकको वैदेशिक व्यापार घाटा ८ खर्ब नजिक पुगेको छ ।
भन्सार विभागको गत वर्षको तुलनामा व्यापार घाटा १०.१५ प्रतिशतले बढेर ७ खर्ब ९७ अर्ब ४ करोड ८६ लाख रुपैयाँ कायम भएको हो ।
आयातको तुलनामा निर्यातको वृद्धिदर निकै उच्च रहेको छ । आयातको हिस्सा ठुलो भएका कारण व्यापार घाटा भने अझै बढेको छ ।
६ महिनामा १० खर्ब ८१ अर्ब ४ करोड बराबरको वैदेशिक व्यापार भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १७.३६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा ९ खर्ब २१ अर्ब १५ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।
विभागको तथ्यांक अनुसार कुल व्यापारमध्ये ९ खर्ब ३९ अर्ब २ करोड बराबरको आयात भएको छ भने १ खर्ब ४२ अर्ब १ करोड बराबरको वस्तु निर्यात भएको छ ।
यस्तै, गत वर्षको यसै अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरको आयात हुँदा ९८ अर्ब ७८ करोड बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको तुलनामा आयात १४.१८ प्रतिशतले बढेको छ भने निर्यातमा ४३.७६ प्रतिशतले बढेको देखिन्छ ।












प्रतिक्रिया