सुनको भाउ एकैदिन १४ हजार ४०० रुपैयाँले बढ्यो


काठमाडौँ । बुधबार सुनको भाउ प्रतितोला १४ हजार रुपैयाँले बढेको छ । मंगलबार ३ हजार ७०० रुपैयाँले बढेको सुनको भाउ आज १४ हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी प्रतितोला २६५ रुपैयाँले बढेको छ । आजको वृद्धिसँगै चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार ८१.३६ अमेरिकी डलर र चाँदी ८८.२३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।