काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४४ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८०.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी ६.६७ प्रतिशत बढेर १ अर्ब ६ करोड १० लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी २.५१ प्रतिशतले घटेर ९ करोड ७ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.९४ प्रतिशतले बढेर १ अर्ब १५ करोड २४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा ७१.५१ प्रतिशतले बढेर ६२ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २३ करोड ३७ लाख रुपैयाँ रहेको लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड १ लाख रुपैयाँ रिभर्स भएको छ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६१ पैसा बढेर ४७ रुपैयाँ ४१ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ १३ पैसा रहेको छ।
पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ८५ करोड ३८ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९१ रुपैयाँ ४१ पैसा रहेको छ। चुक्ता पूँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब २६ करोड ३० लाख रुपैयाँ सञ्चित छ।












प्रतिक्रिया