काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५।३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ११.४० प्रतिशतले बढेर ४ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने खुद दाबी भुक्तानी ७.७२ प्रतिशतले बढेर ५ अर्ब २३ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी ७.३४ प्रतिशत बढेर ६ अर्ब ५३ करोड ८२ लाख रुपैयाँ पुगेको छ कुल खर्च ८.४० प्रतिशतले बढेर ५ अर्ब ९९ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १८ पैसा घटेर १० रुपैयाँ ५४ पैसामा झरेको छ। इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४४.९४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ७३ पैसा रहेको छ।
चुक्ता पूँजी ५ अर्ब ११ लाख रुपैयाँ रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम १० करोड ९९ लाख रुपैयाँ, महाविपत्ती कोषमा ३१ करोड ३८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ९१ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ४० लाख रुपैयाँ रहेको छ।










प्रतिक्रिया