सिजी इलेक्ट्रोनिक्स अन्तर्गत विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओ ले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै २९ जना डिलरहरुलाई मुम्बईको वानखेड़े स्टेडियममा निःशुल्क प्रतक्ष रुपमा खेल हेर्ने लगेका छन् ।
उतm डिलरहरुलाई ३ रात र ४ दिनको मुम्बई भ्रमण प्याकेज पनि उपलब्ध गराइएको छ । यसअन्तर्गत काठमाडौं–मुम्बई–काठमाडौं दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटलमा बसोबास तथा भोजनको व्यवस्था गरिएको छ। साथै, मुम्बईका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण ९सिटी टुर० र वानखेडे स्टेडियममा हुने खेलका विशिष्ट टिकटसमेत समावेश गरिएको छ।
केन्ट मिनरल आरओ शुद्ध पानीका लागि विश्वसनीय ब्रान्डका रूपमा परिचित छ र नेपालमा पनि “नेपालमा सबैभन्दा विश्वसनीय ब्रान्ड” को रूपमा स्थापित छ। अत्याधुनिक प्रविधिद्वारा तयार गरिएका केन्ट वाटर प्युरिफायरले परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै शुद्ध र सुरक्षित पानी उपलब्ध गराउँदै आएको छ।












प्रतिक्रिया