काठमाडौँ । सन् २०२६ को सुरुवातसँगै इन्फिनीक्स नेपालले सन् २०२५ मा हासिल गरेको उल्लेखनीय उपलब्धिलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ । गत वर्ष कम्पनीले सेल–आउटतर्फ १३ प्रतिशतको प्रभावशाली वृद्धि हासिल गर्दै देशभरका बजारमा माग तथा खुद्रा कारोबारलाई थप सशक्त बनाएको जनाएको छ ।
कम्पनीका अनुसार सो अवधिमा उत्पादन आपूर्ति ३५ प्रतिशतले वृद्धि गरिएको थियो, जसका कारण केन्द्रीय, पश्चिमी तथा पूर्वी क्षेत्रसम्म बजार पहुँच विस्तार हुन सकेको छ । यस विस्तारले बजारमा फोनको उपलब्धता बढाउनुका साथै बढ्दो मागलाई छिटो, प्रभावकारी तथा व्यवस्थित रूपमा सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेलेको कम्पनीको दाबी छ ।
सन् २०२५ मा खुद्रा बजारतर्फ बिक्री प्रक्रियालाई थप व्यवस्थित बनाइएको, स्टोरस्तरमा ग्राहकसँगको सम्पर्क सुदृढ गरिएको तथा सेवा गुणस्तरमा सुधार गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी राष्ट्रिय तथा क्षेत्रीय वितरकहरूसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै वितरण सञ्जाल विस्तार गरिएको छ । युवामैत्री तथा उच्च कार्यसम्पादन क्षमतायुक्त स्मार्टफोनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको र ब्रान्डप्रतिको विश्वासमा उल्लेखनीय वृद्धि भएको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीका कन्ट्री म्यानेजर पियुष गिरीका अनुसार सन् २०२५ को उपलब्धिले कम्पनीको स्पष्ट रणनीति र अनुशासित कार्यशैलीलाई पुष्टि गरेको छ । उनले बजारमा उत्पादन उपलब्ध गराउनु मात्र नभई प्रत्येक स्टोरमा बिक्रीको गुणस्तर अभिवृद्धि गर्ने र बजारको मागअनुसार छिटो प्रतिक्रिया दिने व्यवस्थालाई प्राथमिकतामा राखिएको बताए। यही आधारले सन् २०२६ का लागि थप बलियो मार्गचित्र तयार भएको उनको भनाइ छ ।
सन् २०२५ भरि कम्पनीले बजारमा छिटो सक्रियता देखाउने, डिलर तथा खुद्रा साझेदारलाई थप सहयोग प्रदान गर्ने, युवालाई लक्षित ब्रान्ड तथा उत्पादन प्रस्तुति सुदृढ गर्ने तथा गेमिङ र उच्च कार्यसम्पादनमा केन्द्रित स्मार्टफोन विकासलाई प्राथमिकता दिएको जनाएको छ ।
सन् २०२६ को सुरुवातसँगै इन्फिनीक्स नेपालले बिक्रीको गति अझ तीव्र बनाउने, बजार कभरेजलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा नेपालका बढ्दो स्मार्टफोन प्रयोगकर्तालाई गुणस्तरीय र किफायती प्रविधि निरन्तर उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ । कम्पनीका अनुसार अबको यात्रा अझ स्मार्ट विस्तार, सुदृढ कार्यान्वयन तथा दीगो बजार नेतृत्वतर्फ केन्द्रित रहनेछ ।












प्रतिक्रिया