वायु प्रदूषणप्रति ब्ल्याक प्लस डेकरको चासो


काठमाडौँ । देशका प्रमुख सहर विशेषगरी काठमाडौं उपत्यकामा पछिल्लो समय वायु प्रदूषणको स्तर जोखिमपूर्ण रूपमा बढ्दै गएकोप्रति सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ब्ल्याक प्लस डेकरले गम्भीर ध्यानाकर्षण जनाएको छ। हिउँदे सुख्खायामसँगै वायु गुणस्तर सूचकाङ्क अस्वस्थकर स्तर अर्थात् १ सय ५० भन्दा माथि पुगिरहेको अवस्थामा आम नागरिकको स्वास्थ्यमा पर्न सक्ने असरप्रति कम्पनीले चिन्ता व्यक्त गरेको हो।

कम्पनीका आधिकारिक प्रवक्ताका अनुसार बाहिरी वातावरणको प्रदूषण तत्काल नियन्त्रण गर्न कठिन भए पनि घर तथा कार्यालयभित्रको हावालाई स्वच्छ र सुरक्षित राख्न सकिने बताए । उनले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै घरभित्रको प्रदूषण व्यवस्थापनका लागि ब्ल्याक प्लस डेकरका वायु शुद्धिकरण उपकरणहरू उपलब्ध गराइएको जानकारी दिए ।

उक्त उपकरणमा जडान गरिएको तीन चरणीय फिल्टरेसन प्रणालीले धुलो, रौँ जस्ता ठूला कणहरूदेखि लिएर अत्यन्त सूक्ष्म कणसम्मलाई हटाउन सहयोग गर्छ। यसमा रहेको उच्च कार्यक्षमता भएको हेपा तेह्र फिल्टरले शून्य दशमलव तीन माइक्रोनसम्मका करिब उनान्सय दशमलव सन्तानब्बे प्रतिशत सूक्ष्म कणहरूलाई सोस्ने क्षमता राख्छ भने कार्बन फिल्टरले दुर्गन्ध तथा हानिकारक ग्यासलाई नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ।

सिजी इलेक्ट्रोनिक्सले बढ्दो वायु प्रदूषणको अवस्थामा सबैलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै ब्ल्याक प्लस डेकरका वायु शुद्धिकरण उपकरणहरू नेपालभरका आफ्ना शोरुम तथा आधिकारिक विक्रेतामार्फत उपलब्ध रहेको जनाएको छ।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार  १३ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।