काठमाडौँ। भाटभटेनी सुपरमार्केटको महाराजगञ्जस्थित भवन १४ फागुनदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ मा भएको जेनजी प्रदर्शनी क्रममा आगलागीबाट पूर्ण क्षतिग्रस्त भाटभटेनी सुपरमार्केटको महाराजगञ्जस्थित भवन १४ गतेदेखि आउने भएको हो।
करिब-करिब निर्माण सम्पन्न हुन लागेको भवनमा आइतबार विधिपूर्वक वास्तुशान्ति तथा रुद्री पूजा गरिएको छ ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत ९सीओओ० पानु पौडेलले भवन सञ्चालनमा ल्याउनुअघि घरमा गरिने पूजा जस्तै गरी भवन पवित्र बनाउन लाख बत्ती बालेर वास्तुशान्ति गरिएको जानकारी दिए ।
उनका अनुसार आज विशेष धार्मिक र भावनात्मक दिनका रूपमा मनाउँदै परियोजनामा खटिएका करिब २ हजार देखि २ हजार ५ सय निर्माणकर्मी (कन्स्ट्रक्सन टिम) लाई सम्मान गरिएको छ । भवनको पूजा कार्यक्रममा भाटभटेनी अध्यक्ष मिनबहादुर गुरुङले खरानीको थुप्रोबाट उठेर पुनस् सेवा दिन पाउनुलाई ‘गहिरो पीडाबाट निको भएर दुई पाइला अघि बढेको’ महसुस गरेको बताए ।
अध्यक्ष गुरुङले सुरक्षा मापदण्डमा कुनै सम्झौता नगरिएको बताए । ‘यो भवन पहिले पनि जापानी स्ट्रक्चरल डिजाइनमा बनेको थियो, जुन भूकम्प प्रतिरोधी थियो,’ उनले भने, ‘अहिले पुनर्निर्माण गर्दा हामीले रेट्रोफिटिङ, ज्याकेटिङ र कार्बन फाइबर जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरेर यसलाई अझ बलियो र सुरक्षित बनाएका छौं ।’
उनले यो भवन केवल व्यापारिक केन्द्रमात्र नभई हजारौं मानिसको आवतजावत हुने थलो भएकाले ‘पूर्ण सुरक्षा’ प्रत्याभूत गरिएको बताए ।












प्रतिक्रिया