काठमाडौँ। अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा दुवै पक्षबीच दुईपक्षीय सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीका आधारमा १०० रुपैयाँ अंकित दरका ५० लाख ९८ हजार ४० कित्ता शेयर बराबरको ५० करोड ९८ लाख ४ हजार रुपैयाँ रकमको १ः१.५ अनुपातमा १०० रुपैयाँ अंकित दरकै ७६ लाख ५७ हजार ६० कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो।
सम्झौता पत्रमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सदिच्छा कार्की र एनआईसी एशिया क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्।
एन आई सी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चरसहित २० वटा कम्पनीको धितोपत्र निष्काशन तथा ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन सम्पन्न गरिसकेको जनाएको छ। सो सेवामार्फत हालसम्म १९ अर्ब ३४ करोड रुपैयाँ भन्दा बढी रकम संकलन गर्न सफल भएको क्यापिटलले जनाएको छ।












प्रतिक्रिया