काठमाडौँ । सामसङले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोनको आधिकारिक लन्चअघि नै ग्राहकहरूका लागि विशेष ‘ह्यान्ड रेजर’ (प्रि–रिजर्भ) अफर सार्वजनिक गरेको छ। यस अफरमार्फत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोन अग्रिम बुकिङ गर्दा अधिकतम रु। बीस हजार नौ सय उनान्सयसम्मका विशेष लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
सीमित अवधिका लागि ल्याइएको यस अफर अन्तर्गत ग्राहकहरूले आफ्नो योग्य पुरानो स्मार्टफोन साटेर नयाँ डिभाइस प्रि–रिजर्भ गर्न सक्नेछन्। यस क्रममा ग्राहकहरूले एक टेराबाइटसम्मको मेमोरी अपग्रेड (१५ हजार रुपैयाँ बराबर) तथा ६० वाट फास्ट चार्जर ५ हजार ९ सय ९९ रुपैयाँ) प्राप्त गर्नेछन्। यो सुविधा ग्यालेक्सी एस २३, एस २४ र एस २५ साथै आइडिभाइस १४, १५ र १६ का प्रयोगकर्ताहरूका लागि उपलब्ध रहनेछ।
उक्त अफर २३ फेब्रुअरीदेखि २६ फेब्रुअरी २०२६ सम्म मात्र मान्य हुनेछ। ग्राहकहरूले अभियानको आधिकारिक वेबसाइटमार्फत दर्ता गरी एक्सचेन्ज प्रक्रिया पूरा गरेर आफ्नो प्रि–रिजर्भ सुनिश्चित गर्न सक्नेछन्।
यस सम्बन्धमा सामसङ एमएक्स डिभिजनका निर्देशक प्रणय रत्न स्थापितले ह्यान्ड रेजर अफरमार्फत निष्ठावान ग्राहकलाई प्रारम्भिक पहुँच र थप मूल्य प्रदान गर्ने उद्देश्य रहेको बताए। उनले नेपालका उपभोक्तालाई स्मार्ट प्रविधि, अर्थपूर्ण लाभ तथा सहज अपग्रेड अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याए।
साथै, सामसङका अधिकृत स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवामार्फत शून्य प्रतिशत ब्याज, शून्य प्रतिशत डाउन पेमेन्ट र २४ महिनासम्मको किस्ता सुविधासहित नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।












प्रतिक्रिया