सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? यस्तो छ बुधबारको बजार भाउ !


काठमाडौँ । बुधबार सुनको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १३ रुपैयाँले बढेको सुनको भाउ बुधबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन मंगलबार कायम भएको मूल्यलाई निरन्तरता दिएको हो ।

यता, बुधबार चाँदी तोलामा १३० रुपैयाँले बढेसँगै प्रतितोला ५ हजार ७१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार १९०.५१ अमेरिकी डलर र चाँदी ८९.६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार  ११ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।