काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले विशेष अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैंकले सञ्चालनमा ल्याएको उक्त पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापसहित स्थान (लोकेशन) सम्बन्धी विस्तृत विवरण सहजै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। लिलाम सम्बन्धी प्रकाशित सूचनामा समावेश गरिएको क्यूआर कोड स्क्यान गरी ग्राहकहरूले सम्बन्धित पोर्टलमा प्रवेश गर्न सक्नेछन्।
यसैगरी, खरिद गर्न इच्छुक ग्राहक महानुभावहरूले आफूले रुचाएको सम्पत्तिबारे थप जानकारी लिन चाहेमा सोही पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर तथा सम्पर्क ठेगाना उल्लेख गरी सन्देश पठाउन सक्ने व्यवस्था पनि मिलाइएको बैंकले जनाएको छ।
बैंकका अनुसार उक्त अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ्ग, गैर–बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका लिलाम बिक्रीसम्बन्धी सम्पत्तिहरूको विवरण तथा अन्य आवश्यक सूचनाहरू अद्यावधिक गरिनेछ। यसबाट खरिदकर्ताहरूले पारदर्शी र सहज तरिकाले सम्पत्तिको विस्तृत जानकारी प्राप्त गरी लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ।












प्रतिक्रिया