संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प


काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ। संखुवासभाको टोप्के गोला आसपास केन्द्रविन्दु भएर भुकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरमा भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो ।

बिहानीपखको मस्त निद्रामा रहेकाहरु भूकम्पको धक्का महसुस भएपछि आत्तिँदै घर बाहिर निस्किएका थिए । प्रारम्भिक सूचना अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै कुनै जानकारी नभएको ती जिल्लाका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार  १० : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।