चुनावको दिन पनि आन्तरिक उडान हुने


काठमाडौँ । बिहीबार (भोलि) प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन आवश्यकता अनुसार आन्तरिक उडान हुने भएका छन् ।

वायुसेवा संचालक संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आवश्यकता अनुसार उडान गर्ने जानकारी दिएको हो ।

“निर्वाचनको दिनमा संघका सदस्य वायुसेवा कम्पनीहरूले आन्तरिक उडान आवश्यकता अनुसार संचालन गर्ने व्यहोरा जानकारी गराइन्छ,” संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ सम्म प्रतिनिधि सभाको निर्वाचनको लागि मतदान हुँदैछ ।

निर्वाचनलाई लक्षित गरेर बुधबार (आज) राती १२ बजेदेखि मतदान नसकिए सम्मको लागि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार  १४ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।