काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत देशैभर उत्साहजनक रूपमा मतदान जारी छ । बिहीबार बिहान ७ बजेदेखि सुरू भएको मतदानमा १२ बजेसम्म करिब ३२ लाख मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार ५ घण्टाको अवधिमा ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो ।
सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ । सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।












प्रतिक्रिया